गोरखा, २६ फागुन । गोरखा प्र्रतिनिधिसभा सदस्य निर्वाचन अन्र्तगत गोरखा क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेद्वार सुधन गुरुङ विजयी हुनुभएको छ ।
आज सम्पन्न भएको मतगणनामा रास्वपाका गुरुङले २९ हजार ८९६ मत ल्याएर विजयी हुनुभएको निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रविलाल सुवेदीले जानकारी दिनुभयो ।
उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गर्नुभएको हो । नेपाली काँग्रेसका उम्मेद्वार खत्रीले १५ हजार ३९८ मत प्राप्त गर्नुभएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ११ हजार १२४ मत प्राप्त गर्नुभएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । त्यस्तै नेकपा (एमाले) का उम्मेद्वार रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत प्राप्त गर्नुभएको छ ।