Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उत्तरी गोरखाको मतपेटीका अझै ल्याउन सकिएन


518
Shares

उत्तरी गोरखाको मतपेटीका अझै ल्याउन सकिएन

 

गोरखा, २२ फागुन । उत्तरी गोरखाको मतपेटी अहिलेसम्म आउन सकेको छैन । राजधानीमा मौसममा आएको परिवर्तनका कारण हेलीकप्टरले उडान भर्न नसक्दा मतपेटी ढुवानीमा समस्या आएको प्रमुख जिल्ला अधिकारी तुलसी प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

नेपाली सेनाको हेलि मार्फत उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकामा भएको मतपेटीका ल्याउने ब्यवस्था मिलाएको उहाँको भनाई छ ।

राजधानीमा मौसम सफा हुनासाथ उडान भर्ने र उत्तरी गोरखाको ४ विभिन्न स्थानमा रहेको मतपेटीका सदरमुकाम ल्याइने भएको छ । गोरखा क्षेत्र नम्बर १ मा पर्ने उक्त स्थानको मतपेटीका ल्याउन नपाउदा मतगणनामा ढिलाइ भएको छ ।

यसै बिच गोरखा क्षेत्र नम्बर २ को सबै मतपेटीका आज बिहानसम्म संकलन भएकोले केही बेरमा सर्वदलिय बैठक गरेर मतगणना शुरु गर्ने पनि प्रजिअ श्रेष्ठले बताउनुभयो ।

सेनाको हेली मार्फत देशको ८ जिल्लारसुवा, दोलखा, पूर्वी रुकुम, बाजुरा, बझाङ र हुम्लाको मतपेटिका ढुवानी सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology