Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रुकुमपूर्वमा प्रचण्ड अगाडि


518
Shares

रुकुमपूर्वमा प्रचण्ड अगाडि

 

रुकुमपूर्व,२२ फागुन । रुकुमपूर्वको प्रारम्भिक मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल ९प्रचण्ड० भारी मतले अग्रता लिनुभएको छ ।

भूमे गाउँपालिका– १, २, ३ र ४ को मत परिणाम आएको छ । जसमा दुई हजार ६ सय ३५ मतगणना गर्दा नेपाली कम्युनिस्ट पार्टीका प्रचण्डले एक हजार ४ सय १५ मत लिनुभएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो । यसैगरी नेपाली कांग्रेसका सुकुस थापाले चार सय १७ मत, नेकपा एमालेका लीलामणि गौतमले ४ सय ३१ मत, रास्वपाका लखन थापाले एक सय ७६ मत प्राप्त गर्नु भएको छ ।

यसैगरी, राप्रपाका रोशन शाहले ७ मत, जनमोर्चाका चन्द्रविक्रम शाहीले ६ मत, प्रलोपाका सन्दिप पुनले ३५ मत, मङ्गोल नेशनल अर्गनाइजेसनका ज्योती रोकाले ४५ मत, नेशनल रिपब्लिकका धर्मकुमार बुढाले ६ मत, नेकपा माओवादी जुद्धबहादुर बुढाले १० मत र जसपाका सिरबहादुर बुढाले १ मत लिनुभएको छ ।

हाल सम्म मतगणना भएको मध्ये बदर मत ८६ रहेको छ । जिल्लामा ३४ हजार ७ सय ७२ मतदाता रहेकामा १९ हजार १ सय ८८ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology