Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

अमेरिकी राष्ट्रपतिको चीनमाथी गम्भीर आरोप ‘मलाई दोस्रो पटक राष्ट्रपति बन्न नदिन जे पनि गर्नेछ’


1.6K
Shares

अमेरिकी राष्ट्रपतिको चीनमाथी गम्भीर आरोप ‘मलाई दोस्रो पटक राष्ट्रपति बन्न नदिन जे पनि गर्नेछ’

एजेन्सी १८, बैशाख ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले समाचार एजेन्सी रोयटर्सलाई बुधबार दिएको अन्तर्वार्तामा चीनले आफुलाई दोस्रोपटक राष्ट्रपति बनेको हेर्न नचाहेको आरोप लगाउनु भएको छ । ट्रम्पले कोरोनाभाइरसको महामारीलाई चीनले जसरी सम्हालिरहेको छ यो त्यसैको प्रमाण भएको जिकिर गरेका छन् ।

ट्रम्पले भन्नुभयो, ‘नोभेम्बरमा हुने चुनावमा चीनले मलाई रोक्नका लागि जे पनि गर्नेछ ।’ ट्रम्पले कोरोनाभाइरसको विश्वव्यापी महामारीका लागि चीनमाथि लगातार आरोप लगाउँदै आउनु भएको छ । अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण हालसम्म ६१ हजार बढीको मृत्यु भइसकेको छ । यसका साथै अर्थव्यवस्था धरासयी बनेको छ भने बेरोजगारी ऐतिहासिक रुपमा बढेको छ ।

कोरोनाभाइरसको विध्वंशमाथि ट्रम्पमाथि प्रश्न उठिरहेको छ । उहाँलाई समय हुँदा नै सावधानी नअपनाएको आरोप लाग्ने गरेको छ । यता ट्रम्पले भने कोरोनाभाइरसको विषयमा चीन नै थप सक्रिय हुनुपर्दथ्यो भन्दै आउनु भएको छ । अन्तरवार्ताको क्रममा ट्रम्पलाई पत्रकारले चीनमाथि थप ट्यारिफ लगाउनुहुन्छ भन्ने प्रश्न गर्दा ट्रम्पले , ‘यस्ता थुप्रै कुरा छन् जुन म गर्नसक्छु भन्नुभयो ।’
उहाँले थपे, ‘के गर्न सकिन्छ, त्यो हामी हेरिरहेका छौं ।

चिनियाँ अधिकारी लगातार आफ्नो छवि सुधार्न कोसिस गरिरहेका छन् र उनीहरु यो मामलामा नितान्त निर्दोष छन् । उनीहरु यसका लागि पिआरको सहारा लिइरहेका छन् । चीनले मलाई रोक्न र राष्ट्रपतिको रेसमा पछाडि पार्नका लागि जे पनि गर्नेछ । चीन डेमोक्रेटिक पार्टीका जो बाइडन राष्ट्रपति बनून् भन्ने चाहन्छ ।’

पछिल्ला दिनमा कोरोनाभाइरसको महामारीको विषयमा अमेरिका र चीनबीच शीतयुद्ध चलिरहेको छ । ट्रम्पले कोरोनाभाइरसलाई चिनियाँ भाइरस भन्ने गर्नुभएको छ भने चीनले यसमाथि आपत्ति जनाउँदै आएको छ ।

स्रोतः रोयटर्स

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology