Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

विश्वका झन्डै आधा कामदारले रोजगारी गुमाउन सक्ने आइएलओको चेतावनी


4.5K
Shares

विश्वका झन्डै आधा कामदारले रोजगारी गुमाउन सक्ने आइएलओको चेतावनी

एजेन्सी १८, बैशाख । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले विश्वका झन्डै आधा कामदारले रोजगारी गुमाउन सक्ने चेतावनी दिएको छ । आइएलओले विश्वव्यापी महामारी बनेको नोवेल कोरोना भाइरसका कारण विश्वका झन्डै डेढ अर्वभन्दा बढी मानिसले रोजगारी गुमाउने चेतावनी दिएको हो ।

संयुक्त राष्ट्र संघसँग आवद्ध रहेको आइएलओका अनुसार असंगठित रुपको पेशा, खुद्रा व्यापार, उद्योग, खाद्य उद्योग जस्ता क्षेत्रमा काम गर्ने मजदूरलाई यसको सबैभन्दा बढी प्रभाव पर्नेछ । आइएलओले महामारी सुरु भएको एक महिनामै असंगठित क्षेत्रका झन्डै दुई खर्ब कामदारको तलब ६० प्रतिशत घटाएर ३६ मा झारिएको पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology