Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेकपा सचिवालय बैठक निस्कर्ष बिहिन : अर्को बैठक २० गते बस्ने


1.7K
Shares

नेकपा सचिवालय बैठक निस्कर्ष बिहिन : अर्को बैठक २० गते बस्ने

काठमाडौं, १७ बैशाख । सत्तारुढ दल नेकपाको सचिवालय बैठक सकिएको छ । बैशाख २० गते पुनः सचिवालयको बैठक बस्ने गरी आजको बैठक सकिएको नेताहरुले बताएका छन् ।

आजको बैठकमा विभिन्न विषयमा छलफल भए पनि कुनै ठोस निर्णय हुन नसकेको हो । बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको सुदृढीकरण, सरकार र पार्टीको स्थायी समितिको बैठक माग भएको विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अबको बैठकमा यी सबै विषयमा छलफल र निर्णय हुने उहाँले बताउनुभयो ।अब बस्ने सचिवालयको बैठकले स्थायी समितिको बैठकको मागबारेमा पनि आवश्यक निर्णय गर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology