Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुन तोलामा ३ हजारले घट्यो, तोलाको कति ?


665
Shares

सुन तोलामा ३ हजारले घट्यो, तोलाको कति ?

काठमाडौं, १ फागुन । नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको भाउ ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार हिजो बिहीबार सुन तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसअघि बुधबार ३ लाख ६ हजार ६ सय, मंगलबार ३ लाख ५ हजार ५ सय र सोमबार ३ लाख ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि भने बढेको छ । आज तोलामा ५० रुपैयाँ बढेर ५ हजार ३ सय ४० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology