Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियान सञ्चालन


1.2K
Shares

गोरखामा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियान सञ्चालन

गोरखा, २७ माघ । गोरखामा आज(बुधबार) देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने एचपीभी खोप अभियान सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गोरखामा भोलीदेखि ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइने एचपिभि खोपका फोकल पर्सन नानीबाबु दानीले जानकारी दिनुभयो । अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालयबाहिर रहेका १० वर्ष उमेरका बालिकालाई खोप दिइने उहाँले बताउनुभयो ।

यस्तै, गएको वर्षको एचपीभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालयबाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको छ । खोप अभियानमा गोरखामा १ हजार ८ सय ८५ छात्रालाई खोप लगाइने छ । प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार गोरखाका ११ वटै स्थानीय तहमा माघ २७ भोलीबाट खोप सुरुहुने खोप फागुन १ गते सम्म सञ्चालान हुनेछ । एचपीभी खोप कार्यक्रममा गोरखा नगरपालिकाबाट ५ सय ३९ जना बालिका लाभान्बित हुनेछन् ।

त्यसैगरी पालुङटार नगरपालिकामा २ सय ४५ जना,चुमनुब्री गाउँपालिकामा २२ जना, धार्चे गाउँपािलकाका १ सय ५१ जना, आरुघाट गाउँपालिकामा १ सय ७५ जना बालिकाहरुलाई खोप लगाई एचपिभि खोपका फोकल पर्सन दानीले बताउनुभयो । भिमसेन थापा गाउँपालिकामा १ सय ४ जना,बारपाक सुलिकोट गाउँपालिकामा १ सय ३७ जना, सहिद लखन गाउँपािलकाका १ सय ३१ जना बालिका लाभान्बित हुनेछन् ।

त्यैगरी गण्डकी गाउँपालिकाका १ सय ५७ जना, सिरानचोक गाउँपालिकाका १ सय ३३ जना र अजिरकोट गाउँपालिकाका ८० जना बालिकाहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्धे एचपीभी खोप लगाईने प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । खोप लगाउनेमा गोरखा नगरपािलकामा धेरै र चुमनुब्री गाउँपािलकामा सबैभन्दा थोरै बालिका रहेका छन् ।

खोप लगाउन योग्य तर बिद्यालय नजाने गोरखा नगरपालिकामा २ जना, पालुङ्टार नगारपालिकामा १ जना गण्डकी गाउँपालिकामा ३ जना र सिरानचोक गाउँपालिकामा ५ जना गरी ११ जना बालिका रहेका छन् ।

उनिहरुलाई तोकीएको स्वाथ्य चौकीमा खोप लगाईने एचपिभि खोपका फोकल पर्सन नानीबाबु दानीले बताउनुभयो । तोकिएको दिनहरुमा विद्यालय तथा खोप केन्द्रबाट खोप सेवा प्रदान गरिनेछ । कक्षा ६ सञ्चालन हुने सरकारी तथा निजी विद्यालय र स्वास्थ्य संस्थालाई खोप केन्द्र तोकिएको छ ।

खोप सम्वन्धी जानकारी दिन कार्यालयमा आयोजित छलफल कार्यक्रममा प्रमुख काफ्लेले पाठेघरको मुखको क्यान्सरविरुद्वको एचपीभी खोप प्रारम्भिक किशोरावस्थामा दिँदा प्रभावकारी हुने अध्ययनलेहरुले देखाएको पनि जानकारी दिईन । खोप सम्वन्धी जानकारी दिदै एचपिभि खोप सुरक्षित र निशुल्क भएको हुनाले आफ्ना छारीलाई अनिवार्य खोप लगाउन प्रदेश जनस्वाथ्य कार्यलय गोरखाकी प्रमुख सिम्रीक काफ्लले आग्रह समेत गर्नुभएको छ ।

नेपालमा हरेक बर्ष २ हजारभन्दा बढी महिलालाई पाठेघरको मुखको ब्यान्सर हुने गरेको एक अध्ययनले देखाएको छ । महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको ज्यान जाने गरेको छ ।

एचपीभी खोपलाई सरकारले नियमित खोप कार्यक्रममा समावेश गरिसकेको र यो खोप पूर्ण सुरक्षित रहेकाले पायक पर्ने खोप केन्द्रबाट खोपबाट खोप लिएर लाभ लिन समेत जनस्वास्थ्य कार्यलय गोरखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology