Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

अब जिल्ला प्रसासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गोरखामा पनि थर्मल गन


1.3K
Shares

अब जिल्ला प्रसासन कार्यालय र जिल्ला प्रहरी कार्यालय गोरखामा पनि थर्मल गन

गोरखा १७, बैशाख । कोरोनाको सम्भावित संक्रमण जोखिम बढ्न नदिन भन्दै आईपास नेपालले गोरखाका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागारलाई १÷१ थान थर्मल गन (ज्वरो नाप्ने)उपकरण हस्तान्तरण गरेको छ ।

आईपास नेपालद्धारा प्राप्त थर्मल गन प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र पौडेललाई थर्मल गन हस्तान्त्रण गरिएको हो । प्रमुख जिल्ला अधिकारीको कार्यालयमा आयोजित एक कार्यक्रम बिच गोरखा जिल्लामा कार्यरत अन्तर्राष्टिय गैर सरकारी संस्थमा कार्यरत कर्मचारीहरुको साझा मञ्च गोरखा डेभलपमेन्ट फोरमका सदस्य रामहरी देवकोटा र राम सापकोटाको समन्वयमा आईपास नेपालले उपलब्ध गराएको हो ।

यसअघि, युएनडीपिले गोरखा तथा पालुङटार नगरपालिका, धार्चे, सिरानचोक, गण्डकी, आरुघाट, शहिदलखन र अजिरकोट सहित ८ वटा पालिकालाई ८० थान थर्मल गन हस्तान्त्रण गरेको थियो । यस्तै, फेज नेपालबाट १२ थान र पर्यटन व्यवसायी प्रेम खत्रीबाट ४० थान विभिन्न पालिकामा वितरण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology