Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

फागुन पहिलो साता एमालेले घोषणा पत्र ल्याउने


637
Shares

फागुन पहिलो साता एमालेले घोषणा पत्र ल्याउने

काठमाडौं, १६ माघ । नेकपा एमालेले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आगामी फागुनको पहिलो साता पार्टीको घोषणापत्र सार्वजनिक हुने जानकारी दिनुभएको हो ।

‘पार्टीले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्नेछ । निर्वाचन आयोगले उम्मेदवारी दर्तापछि प्रचारको कार्यतालिका निकै पछि मात्र दिएको छ ।

आचारसंहितको कारणले अहिले उम्मेदवारहरूले प्रचारमा जान सक्नुभएको छैन,’ महासचिव पोखरेलले भन्नुभयो, ‘आयोगले तय गरेको कार्यतालिकाअनुसार प्रचारप्रसारको समय सुरु भएपछि उम्मेदवारहरू पार्टीको घोषणापत्र लिएर मतदातासमक्ष जानुहुनेछ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology