गोरखा, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा० बाट गोरखाको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेदवार बनेका सुदन गुरुङलाई सुरक्षा चुनौती भएको भन्दै पार्टीले सुरक्षा मागेको छ ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी गोरखाको निर्वाचन क्षेत्र नम्बर १ को विभिन्न स्थानमा चुनावी मैदानमा प्रचार प्रशारमा रहेको बेला पार्टीले उनको सुरक्षा माग गरेको हो ।
गुरुङ निर्वाचनको लागि घरदैलो कार्यक्रममा रहेको जानकारी गराउँदै रास्वपाको जिल्ला समितिले बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखालाई पत्र लेख्दै पीएसओसहित आवश्यक सुरक्षा व्यवस्था प्रदान गर्न आग्रह गरेको सचिव मिलन रानाले बताउनुभयो ।
‘हामीलाई केही गोप्य सूचना आएको छ । जसले गर्दा हाम्रा उम्मेदवार सुधन गुरुङलाई सुरक्षा थ्रेट छ, उहाँले भन्नुभयो ’ त्यसैले सुरक्षाा ब्यवस्था गरीदिन हामीले प्रशासनलाई भनेका हौ ।’
‘विभिन्न गोप्य सूचना अनुसार हातहतियारसहित केही व्यक्तिहरूको समूहबाट व्यक्तिगत रूपमा सुदन गुरुङलाई सुरक्षा थ्रेट बढेको हुँदा आवश्यक पीएसओसहित सुरक्षा व्यवस्था प्रदान गरिदिनु हुन अनुरोध गर्दछु,’रास्वपा जिल्ला समिति सचिव मिलन रानाद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।