Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय


1.1K
Shares

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

 

काठमाडौँ, ११ माघ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु। दुई हजार ४०० र चाँदी रु। दुई सय ९० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु। तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल रु। छ हजार ४८० कायम भएको छ । गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु। तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल रु। छ हजार १९० कायम भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology