काठमाण्डौ १६, बैशाख । प्रधानमन्त्री केपाी शर्माले ओली आफु माथि षडयन्त्र भएको गुनासो पोख्नु भएको छ । मंगलबार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संगको भेटमा पार्टी अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओली यस्तो गुनासो गर्नुभएको हो ।
पार्टीका नेताहरूको सुझावमा आफूले लचक भएर अध्यादेश फिर्ता गरे पनि आफूमाथि षड्यन्त्र गरिएको भन्दै प्रधानमन्त्रीले गुनासो व्यक्त गरेको गर्नुभएको एक नेताले बताएका छन् ।
जवाफमा प्रचण्डले स्थायी कमिटी बैठक बोलाउन भनेर २० जना सदस्यले लेखेर दिएकाले त्यसको मिति तय गर्न सचिवालय बैठक बस्न जरूरी भएको बताउनु भएको थियो ।
पार्टी भित्रको बिबाद चर्किदै गएपछि उहाँ बिच झण्डै साढे दुई घण्टा बालुवाटारमा छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री ओली र प्रचण्ड बिच बुधबार बोलाउने सहमति भएको छ।