Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखा क्षेत्र नम्बर १ मा क–कसले के के चुनाब चिन्ह पाए ?


1.6K
Shares

गोरखा क्षेत्र नम्बर १ मा क–कसले के के चुनाब चिन्ह पाए ?

गोरखा, १० माघ । आसन्न प्रतिनिधीसभा निर्वाचनको लागि गोरखाको क्षेत्र नम्बर १ र २ मा उम्मेदवादी दर्ता गराएकाहरुलाई चुनाब चिन्ह प्रदान गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको अनुसार नाम फिर्ता लिने बाहेकका सबै दल र स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हो ।

गोरखा क्षेत्र नम्बर १ मा परेको १३ जनाको उम्मेदवारीमा प्रगतिशिल लोकतान्त्रिक पार्टीका गोपालबावु श्रेष्ठले उम्मेदवारी फिर्ता लिएसंगै बाँकी रहेको १२ जनालाई कार्यालयले चुनाब चिन्ह प्रदान गरेको हो ।

कस्लाई कुन कुन चिन्ह ?

नेपाली कम्युनिष्ट पार्टी गण्डकी गाउँपालिका–५ निवासी हरि राज अधिकारीलाई पाँचकुने तारा,नेपाली काँग्रेस आरुघाट गाउँपालिका–८ आरुपोखरी निवासी प्रेम कुमार खत्रीलाई रुख चिन्ह,नेशनल रिपब्लिक नेपाल पार्टी गोरखा नगरपालिका –६ दरर्बार मार्ग निवासी आकाश राना मगरलाई उडिरहेको माहुरी, स्वतन्त्र गोरखा नगरपालिका–१ निवासी कबिता भट्टराईलाई कप र प्लेट,राष्ट्रिय प्रजातन्त्र पार्टीभिमसेन थापा गाउँपालिका–३ कमलटार निवासी केदारमणी खनाललाई हलो,संयुक्त नागरिक पार्टी, बारपाक सुलिकोट गाउँपालिका–१ बारपाक निवासी जितबहादुर घलेलाई गितार, मंगोल नेशनल अर्गनाइजेसन शहिद लखन गाउँपालिका–६ ज्यामिरस्वाँरा निवासी देवबहादुर थापालाई कुखुराको भाले चुनाब चिन्ह प्रदान गरीएको छ ।

त्यस्तै गरी नेपाल मदजुर किसान पार्टी गोरखा नगरपालिका–६ चण्डेनी निवासी मनु कुमारी श्रेष्ठलाई मादल,नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत माक्र्सबादी लेनिनबादी०आरुघाट गाउँपालिका–१० मंगलबाट निवासी राम चन्द्र लामिछानेलाई सुर्य, उज्यालो नेपाल पार्टी,ललितपुर महानगरपालिका–१४ नखिपोट निवासी रामकाजी राना मगरलाई बलिरहेको बिजुलीको चिम, नेपाल कम्युनिष्ट पार्टी ९माओबादी० गण्डकी गाउँपालिका–७ चुर्लिङ निवासी विण्णु प्रसाद रिजाललाई गोलो घेराभित्र दुई पात भएको गुलाफको फुल र राष्ट्रिय स्वतन्त्र पार्टी चुमनुब्री गाउँपालिका–३ सिर्दीबास निवासी सुधन गुरुङलाई घण्टी चुनाब चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
​

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology