Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उच्च मूल्यबाट घट्यो सुनचाँदी


966
Shares

उच्च मूल्यबाट घट्यो सुनचाँदी

काठमाडौं, ८ माघ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार तोलामा २ हजार ९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य केही घटेसँगै नेपालमा समायोजन हुँदा घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस करिब ४ हजार ८ सय अमेरिकी डलर छ ।

चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ५० रुपैयाँ घटेको छ । हिजो चाँदी प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भएकोमा आज ५ हजार ८७० रुपैयाँमा झरेको छ । चाँदी पनि अघिल्लो दिनको मूल्य हालसम्मकै उच्च हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology