Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपाली कम्यूनिष्ट पार्टीका यूवा नेता श्रेष्ठद्वारा स्कुले बालबालिकालाई न्यानो कपडा बितरण


1K
Shares

नेपाली कम्यूनिष्ट पार्टीका यूवा नेता श्रेष्ठद्वारा स्कुले बालबालिकालाई न्यानो कपडा बितरण

गोरखा, २९ पुस । गोरखाका एक यूवा नेताले स्कुले बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरेको छ । पालुङटार नगरपालिका–२ आँपपिपल घर भई हाल राजधानी बस्दै आएका दुर्गा श्रेष्ठले ४५ जना बिधार्थीहरुलाई न्यानो कपडा ट्याकसुट बितरण गरेको हो । पालुङटार नगरपालिका–८ धुवाकोटमा रहेको अकला माध्यामिक विधालयका ४५ जना छात्र छात्राहरुलाई न्यानो कपडा उपलब्ध गराएको बिधालयका प्रधानाध्यापक राजन भट्टराईले जानकारी दिनुभयो ।

चम्पावली हाइड्रोपावर लिका सञ्चालक समेत रहेका श्रेष्ठ यूवा ब्यवसायी समेत हुनुहुन्छ । उहाँले राजधानीको विभिन्न स्थानमा मदिराको थोक बिक्रेता पसल सञ्चालन गर्दै आउनुभएको छ ।

न्यानो कपडा बितरण कार्यकममा बिधालयका प्रधानाध्यापक भट्टराई सहित बिधालयका कर्मचारी तथा बिधार्थीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology