Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बुढीगण्डकीको पानी चितवनमा जम्मा गर्ने, तराईमा वितरण गर्ने : महामन्त्री विश्वप्रकाश


1.9K
Shares

बुढीगण्डकीको पानी चितवनमा जम्मा गर्ने, तराईमा वितरण गर्ने : महामन्त्री विश्वप्रकाश

काठमाडौँ,२८ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा ढिलाइ भएको बताउनुभएको छ ।

पार्टीको विशेष महाधिवेशनको बन्दसत्रमा सांगठनिक प्रतिवेदन पेस गर्दै आयोजना सुरु गर्ने तयारी अवस्थामा भए पनि ढिलाइ गर्नु गल्ती भएको बताउनुभएको हो ।

यस्तो छ उहाँको प्रस्ताव

बुढीगण्डकी परियोजना निर्माणका लागि रेडि टु टेक अफ स्थितिमा छ । फेवातालभन्दा १५ गुणा ठूलो ताल बन्ने, १२ सय मेगावाटको बिधुत उत्पादन हुने, नेप्लिज फल्स निर्माण गरेर पर्यटनलाई बल पुग्ने, बगेको पानी चितवनमा संकलन गरेर मधेसको पिउने पानी, सिंचाइ र सुख्खा समस्या हल हुने यस्तो परियोजना निर्माण शुरु गरेर नागरिकमा आशा जगाउन ढिलाइ गर्नु हाम्रो गल्ती थियो । सुशासनको अभाव र हाम्रो शासकीय कमजोरीले यसको लगानी सुनिश्चित हुन नसकेको निर्विवाद छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology