गोरखा, २६ पुस : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले गोरखामा ¥यापिड एक्सन टिम गठन गरेको छ । शनिबार पाटीका महामन्त्री कविन्द्र बुर्लाकोटीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका विच जिल्लास्तरीय ¥यापिड एक्सन टिम गठन गरेको नगरसमितिका सचिव अमृत भट्टराईले जानकारी दिनुभयो ।
गोरखामा पार्टीको संगठनात्मक गतिविधि सुदृढ बनाउने उद्देश्यसहित यापिड एक्सन टिम गठन गरिएको जिल्ला पार्टीले जनाएको छ । रास्वपाले अजिरकोट–४ का सुबेदार तामाङको संयोजकत्वमा ¥यापिड टिम गठन गरेको हो ।
त्यस्तै उक्त टिमको सहसंयोजकमा गोरखा नगरपालिका–६ का राजेन्द्र अर्याल र सचिवमा दीपकराज रेग्मी चयन भएका छन् । सोही अवसरमा समाजसेवी धिरजबहादुर मास्के, बद्रीवहादुर मास्के, नेपाली काग्रेसका चौधौँ महाधिवेशनका प्रतिनिधि तथा प्रशिक्षण विभागका सदस्य नवीन श्रेष्ठलगायत रास्वपा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।