गोरखा, २६ पुस । नेपाली कम्युनिष्ट पाटी गोरखाको जिल्ला संयोजकमा अंकुुर तिमिल्सेना (आयाम) लाई जिम्मेवारी दिइएको छ । पार्टीको आज बसेको जिल्ला समितिको बिस्तारित बैठकले साविक माओवादी केन्द्रका जिल्ला सचिव तिमल्सिनालाई नेकपाको जिल्ला संयोजकको रुपमा सर्वसम्मत चयन गरिएको पार्टीका केन्द्रीय सदस्य विशेश्वर कट्टेलले जानकारी दिनुभयो । बैठकले नेकपा जिल्ला सहसंयोजकमा साविक एकिृकत समाजवादीका टेकराज भट्टलाई चयन गरेको छ ।
बैठकले पार्टी जिल्ला समिति ३९९ सदस्य रहने गरी अनुमोदन गरेको उहाँले बताउनुभयो । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द र एकिकृत समाजवादीसहित बिभिन्न १५ वटा कम्युनिष्ट पार्टी विच एकता सम्पन्न भएपछि गोरखा जिल्लामा पार्टी संयोजक र सहसंयोजक चयन भएको हो । बैठकलाई सम्बोधन गर्नुहुँदै पार्टीका केन्द्रीय सदस्य हरिराज अधिकारीले नेपाली देश निर्वाचनको दिशामा अघि बढेको भन्दै अव एकिकृत पार्टीलाई जनताको आवश्यकता र चाहाना अनुसार परिचालन गरेर अगाडी बढाउनु पर्ने बताउनुभयो ।
अहिले प्राप्त सवै प्रकारका उपलब्धीहरुलाई खोज्ने प्रयास बिभिन्न ढंगबाट भइरहेको भन्दै उहाँले त्यस्ताखालका षडयन्त्रलाई परास्त गर्नुपर्ने आवश्यकता रहेको औंल्याउनुभयो । बैठकमा पार्टीका अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपानले पार्टीलाई ठूलो बलिदानको जगमा उभिएको नेपाली कम्युनिष्ट पार्टीलाई जनता बिचमा पु¥याउन हरेक नेता कार्यकर्ताको उत्तिकै भूमिका हुने बताउनुभयो । देशमा वदलिइएको नयाँ परिस्थितलाई गम्भीरता पूर्वक लिएर पार्टीलाई सुदृढ गर्दै जानुपर्ने उहाँको भनाई छ ।
बैठकलाई पार्टी केन्द्रीय सदस्य अमर तमु, विशेश्वर कट्टेललगायतले पनि सम्बोधन गर्नुभएको थियो । सम्बोधनमा नेताहरुले पार्टीको वैचारिक दिशा, संगठनात्मक सुदृढीकरण, वर्तमान राजनीतिक अवस्था र आगामी कार्यदिशा बारे धारणा व्यक्त गरेका थिए । बैठकमा नवनियुक्त जिल्ला समितिका संयोजक, सहसंयोजक तथा सदस्यहरुलाई पदतथा गोपनियताको सपथ ग्रहणसमेत गराइएको छ । जिल्लास्थित पार्टीका केन्द्रीय सदस्यहरु, प्रदेश समितिका सदस्यहरु तथा जिल्ला समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।