गोरखा, २५ पुस । जेनजी अगुवाको नामले चिनिएका सुदन गुरुङले गोरखाबाट निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । हामी नेपाल नामक संस्थाका संयोजक तथा जेनजी अगुवा गुरुङले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा क्षेत्र नम्बर १ बाट उमेदवार बन्ने घोषणा गर्नुभएको हो ।
उहाँले आफू गोरखा क्षेत्र नम्बर १ बाट चुनाव लड्ने बताउनु भएको छ । ूगोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उमेदवारी दिने गुरुङले शुक्रबार सामाजिक सञ्जाल फेसवुकमार्फत औपचारिक घोषणा गर्नुभएको हो ।
आफ्नै गाउँ र आफ्नै माटोबाट परिवर्तनको सुरुवात गर्ने भन्दै उहाँले गोरखाबाट चुनाव लड्ने घोषणा गर्नुभएको हो ।
‘‘आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरुवात,, नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल निर्माणका लागि गोरखाबाट चुनाव लड्न लागेको संकेत उहाँले सामाजिक सञ्जालमार्फत गर्नुभएको हो ।