Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा


1.3K
Shares

कुलमान घिसिङले दिए मन्त्री पदबाट राजीनामा

 

गोरखा, २४ पुस । बर्तमान सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले राजीनामा दिनुभएको छ । बुधबार राति ९ बजे पत्रकार सम्मेलन गरेर उहाँले राजीनामा दिएको घोषणा गर्नुभएको हो ।

उहाँ गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त हुुनभएको थियो । उहाँलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको थियो ।

घिसिङ राजनीतिमा लागेपछि प्रधानमन्त्री सुशीला कार्कीले मार्गप्रशस्त गर्न मन्त्री परिषदको बैठकमा नै भन्नुभएको थियो । गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबिच ७ बुँदे सहमति भएको थियो ।

उनीहरूबिच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सँगै जाने सहमति भएको छ । घिसिङ रास्वपाको दोस्रो वरीयताको नेतासहित उपसभापति हुने सहमति भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology