गोरखा, २४ पुस । नेकपा एमालेले गण्डकी प्रदेशबाट महिला क्लष्टर निश्चित गरेको छ । एमालेले गोरखाकी सम्झना देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
उहाँ २०८० मा भएको उपनिर्वाचनमा पनि उम्मेदवार हुनुहुन्थ्यो । तत्कालीन समयमा कांग्रेस र माओवादीबिच गठबन्धनका कारण उहाँ पराजित हुनुभयो,भने पर्वतकी मनरुपा शर्मा विजयी भएका थिए ।
२०७९ मा भएको स्थानीय निर्वाचनमा उहाँ गोरखा नगरपालिकाको मेयरमा पराजित भएकी हुुनुभएको थियो । २०७४ को निर्वाचनमा चाहिँ गोरखाकै उपमेयरमा पनि पराजित हुनुभएको हो ।
एमालेले महिला क्लष्टर पाएसँगै यहाँ कांग्रेसले पुरुष खुल्लामा उम्मेदवार उठाउनेछ । कांग्रेसले केहीबेरमा बस्ने कार्यसम्पादन समितिको बैठकबाट उम्मेदवार टुङ्गो लगाउने बताइएको छ ।