Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

भीमसेन थापा गाउँपालिकामा नियमित विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन


1.5K
Shares

भीमसेन थापा गाउँपालिकामा नियमित विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन

गोरखा, २२ पुस । भिमसेनथापा गाउँपालिकाले प्रदेश अस्पताल गोरखासँगको सहकार्यमा नियमित रूपमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्ने भएको छ ।

गाउँपालिकास्थित सहिद स्मृति आधारभूत अस्पताल, भिमसेनथापा–६ अश्राङमा पुस महिनादेखि हरेक महिना नियमित रुपमा विशषज्ञ स्वास्थ उपचार सेवा सञ्चालन गर्न लागेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुुख भेषराज खनालले जानकारी दिनुभयो ।

गाउँपालिकाले प्रदेश अस्पतालसंग सम्झौता गरेर सेवा सुरु गर्न लागेसंगै अवदेखि विशेषज्ञ उपचार सेवाका लागि गोरखा सदरमुकाम वा अन्य ठूला शहरतर्फ धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

स्वास्थ्य बीमामा आवद्ध भएका बिरामीले बीमा कार्ड लिएर आउन पनि गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले ‘टोल–टोल, घर–घरमै स्थानीय सरकार’ भन्ने नारालाई व्यवहारिक रूप दिन स्वास्थ्य सेवा, पूर्वाधार र जनजीविकासँग प्रत्यक्ष सम्बन्धित कार्यक्रममा जोड दिदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology