Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

राष्ट्रिय सभा चुनाव : गठबन्धन र उम्मेदवारबारे आन्तरिक छलफलमा नेकपा


1.3K
Shares

राष्ट्रिय सभा चुनाव : गठबन्धन र उम्मेदवारबारे आन्तरिक छलफलमा नेकपा

काठमाडौं, २२ पुस । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० राष्ट्रिय सभा चुनावमा अन्य दलसँग गर्ने तालमेल र उम्मेदवारबारे आन्तरिक छलफलमा जुटेको छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले यो विषयमा परामर्श बैठक बोलाएका हुन् ।

बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बैठकमा राष्ट्रियसभा निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे छलफल चलिरहेको छ । बैठकमा नेपाली कम्युनिस्ट पार्टीसँगको एकतामा सहभागी घटकका नेताहरूको सहभागिता छ ।

राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ । रिक्त स्थानमध्ये एक जना राष्ट्रपतिबाट मनोनीत छन् । बाँकी १८ पदका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ । उम्मेदवारको मनोनयन दर्ता भने भोलि हुँदैछ ।

चुनावमा प्रमुख दलबीच भागवण्डाको प्रयास भइराखेको छ । यही बेला नेपाली कम्युनिस्ट पार्टी आन्तरिक छलफलमा जुटेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology