पुस २० गोरखा : भिमसेनथापा गाउँपालिका–७, बोर्लाङ, गोरखास्थित श्री सरस्वती माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राम चन्द्र श्रेष्ठ चयन हुनुभएको छ। आइतबार बसेको बैठकले उहाँको अध्यक्षतामा व्यवस्थापन समिति पुनर्गठन गरेको हो ।
त्यस्तै सदस्यहरुमा समुन्द्र श्रेष्ठ, डिलबहादुर आले, मिना वाग्ले, श्रीमाया रोका, ऋतु कार्की श्रेष्ठ, वडा प्रतिनिधि रामप्रसाद पाण्डे, शिक्षक प्रतिनिधि घनश्याम श्रेष्ठ र सदस्य–सचिवका रूपमा प्रधानाध्यापक राजन भट्टराई रहने निर्णय गरेको छ।
विद्यालय व्यवस्थापन समिति पुनर्गठनसँगै विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास, अनुशासन तथा शैक्षिक वातावरण सुदृढीकरणका कामलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।
स्थानीय समुदाय, अभिभावक, शिक्षक तथा सरोकारवालासँग सहकार्य गर्दै विद्यालयलाई शैक्षिक रूपमा सक्षम संस्था बनाउने लक्ष्यसहित नयाँ समितिले कार्यभार सम्हाल्ने तयारी गरेको विद्यालयले उल्लेख गरेको छ।