Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का हुन्छ : महामन्त्री शर्मा


980
Shares

विधानअनुसार अघि बढ्दा पार्टी फुट्दैन, एकढिक्का हुन्छ : महामन्त्री शर्मा

काठमाडौँ, १८ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विधानअनुसार अघि बढ्दा पार्टी विभाजित नहुने बताउनुभएको छ। उहाँले पार्टी फुट्छ कि भनेर आशंका नगर्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले पार्टीभित्र एकताको विषयमा उठेका आशंका निराधार भएको भन्दै पार्टी थप मजबुत र बलियो भएर अघि बढ्ने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विधानअनुसार कुनै पनि कार्य गरेर जाँदै गर्दा फुट्दैन, एकढिक्का रहन्छ । एकढिक्का रहने सन्दर्भमा कसैलाई आशंका छ भने त्यो आशंका नराख्नुभए हुन्छ’, महामन्त्री शर्माले भन्नुभयो, ‘धेरै पार्टीका साथीहरुले आशंका व्यक्त गर्नुभएको छ। सबैलाई ढुक्क बनाउन चाहन्छु ।’

महामन्त्री शर्माले वर्तमान राष्ट्रिय परिस्थितिमा कांग्रेसले महाधिवेशनमार्फत नेतृत्व, नीति र दृष्टिकोण तय गर्दै अघि बढ्नुपर्ने आवश्यकताका आधारमा महाधिवेशनको मिति तय गरिएको भए पनि महाधिवेशन गर्न नसकिएको बताउनुभयो ।

उहाँले निर्वाचनअघि राष्ट्रिय संकल्प गर्नुपर्ने नभए विशेष महाधिवेशनमार्फत् नेतृत्व परिवर्तन गर्नुपर्ने विकल्पमा कार्यसम्पादन समिति बैठकमा छलफल हुने बताउनुभयो ।

कांग्रेसमा नियमित महाधिवेशनको कार्यक्रम अगाडि नबढेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रक्रिया अघि बढाउनुभएको छ। यो विषयले पार्टीभित्र विवाद चर्किएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology