Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

नेपालमा वायु प्रदूषण उच्च हुँदै


1K
Shares

नेपालमा वायु प्रदूषण उच्च हुँदै

काठमाडौँ, १६ पुस । हिउँदे वर्षाको ढिलाइले नेपालमा वायु प्रदूषण अकासिँदै गएको छ । पुस आधाआधी हुँदा पनि वर्षाको छनक देखिएको छैन । जल तथा मौसम विज्ञान विभागका अनुसार एकरदुई दिनका लागि पश्चिमी वायुले नेपालमा पातलो बादल भिœयाए पनि त्यसले राम्रो पानी पार्ने छैन ।

मौसमविद् गोविन्द झा भन्नुहुन्छ, “उच्च पहाडी भेगका एक दुई ठाउँमा फाट्टफुट्ट पानी झर्ला, अन्यत्र खासै वर्षा हुँदैन ।” यस पटकको पश्चिमी वायुु सुक्खा आउँदा त्योसँगै धुलोका कण आउने भएकाले नेपालमा प्रदूषण थपिने सम्भावना बढेको छ । तथापि यस वायुले उच्च हिमाल छुने गण्डकी र कर्णाली भेगका हिमालमा थोरै हिमपात भने गराउने छ ।

पूर्वी भेगका हिमाल भने सुक्खा रहने छन्, जसका कारण त्यही बाटो हुँदै भारतबाट नेपालका अन्य भूभागमा थप प्रदूषणयुक्त वायु आउन सुरु भएको छ । नेपालमा यति बेला त्यसै पनि आन्तरिक प्रदूषण उच्च रहेको छ, जसका कारण काठमाडौँ उपत्यकासहित देशका विभिन्न भूभागमा साँझ बिहान तुवाँलो लाग्ने, घाम राम्रो नदेखिने व्रmम बढ्दो अवस्थामै रहेको मौसमविद् झा बताउनुहुन्छ ।

सुक्खा चिसोसँगै तराईमा हुस्सु अझ बढेर जनजीवन थप प्रभावित हुने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो । झाले थप्नुभयो, “हुुुुस्सु र तुवाँलोको तह बङ्गलादेश, भारत हुँदै नेपालसम्म नै आकाशमा टाँगिएको अवस्थामा छ ।” यति बेला ठिक्क हिउँदे वर्षा हुनुपर्ने हो । वर्षाको प्रवृत्ति जलवायु परिवर्तनका कारण बदलिँदै गएकाले पनि हिउँदे वर्षा पछाडि सरेको अनुमान मौसमविद्हरूको रहेको छ । समयमा वर्षा नहुँदा केही वर्षयता लगातार हिउँदमा वायु प्रदूषण उच्च हुने व्रmम जारी रहेको वातावरण विभागका वातावरण निरीक्षक गोविन्द्र लामिछाने औँल्याउनुहुन्छ ।

वर्षा नहुँदा तल्लो वायुमण्डलमा तैरिएका धुलो र धुवाँ जमिनमा खस्दैन । त्यसमाथि थपिँदै जाँदा सूर्यको किरण सहजै धर्तीमा आइपुग्दैन । उहाँले भन्नुभयो, “जसले गर्दा हुस्सु र तुवाँलो बाक्लो हुन्छ र प्रदूषित चिसोले जनजीवन प्रभावित हुने गर्छ । प्रदूषित चिसोका कारण आममानिसको दैनिकी मात्र हैन, स्वास्थ्यमा समेत गम्भीर असर पर्ने गरेको विभिन्न देशीय तथा अन्तरदेशीय अध्ययनले देखाएका छन् ।”

विगत २४ घण्टाको वायु प्रदूषण अनुगमन रेकर्ड अनुसार काठमाडौँको रत्नपार्क स्टेसनले अति खतरनाकतर्फ लक्षित रहँदै १६२ सूचकबाट माथि चढ्दै छ । त्यस्तै शङ्खपार्कमा १५८, भक्तपुरमा १५६ तथा खुमलटारमा ११५ सूचकबाट प्रदूषण माथि उठ्दै छ । देशका अन्य भूभागमा पनि प्रदूषणको मात्रा सयभन्दा माथि नै छ । त्यस्तै प्रतिघण्टाको प्रदूषण दर हेर्ने हो भने मङ्गलबार साँझ ८ बजे सबैभन्दा बढी सुर्खेतमा १७० सूचकमा प्रदूषण देखिएको छ । त्यसपछि काठमाडौँको रत्नपार्कमा १६०, शङ्खपार्क र भक्तपुरमा १५४ प्रदूषित वायुको सूचक देखिएको छ । यो भनेको अति हानिकारक वायु रहेको मापक हो ।

घना बस्तीयुक्त सहर प्रदूषणको चपेटामा बढी पर्ने वातावरण विभागले जनाएको छ । काठमाडौँ उपत्यका खाल्डो यतिखेर सबैभन्दा बढी प्रदूषणयुक्त रहेको छ । थप प्रदूषण बढ्न नदिन विभागले यहाँ डिजेल तथा पेट्रोलबाट चल्ने आन्तरिक सवारी साधनको सडक परीक्षण तीव्र पारेको छ । प्रदूषण बढाउने कृषिजन्य वस्तुको व्यवस्थापनका लागि सचेतना बढाउने खालका काम पनि गरिरहेको लामिछानेले बताउनुभयो ।

जाडोको समयमा तराईमा घुर तथा दाउराको आगो ताप्ने, सहरमा टायर बालेर आगो ताप्ने चलन निरुत्साहित गर्नुपर्नेमा विभागले जोड दिएको छ । जाडो भएमा सकेसम्म घरभित्रै न्यानो भएर बस्ने वातावरण मिलाउनुपर्नेमा विभागको सुझाव छ ।

सहरहरूमा पुराना सवारी विस्थापित गर्ने नीति राम्ररी कार्यान्वयन नहुँदा पनि त्यसले बढी धुवाँ र धुलो वायुमण्डलमा फैलाउने गरेको वातावरणविद्हरू औँल्याउनुहुन्छ । वातावरण प्रदूषणसँगैको चिसोले बालबालिका, गर्भवती, वृद्धवृद्धा, दीर्घरोगीहरूलाई बढी सकस पर्ने गरेको चिकित्सकहरूले बताउँदै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology