गोरखा, १५ पुस । गोरखामा आज ट्रकले ठक्कर दिदा १ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर जिल्ला, बेलका नगरपालिका(४ लाल बजार घर भएका ४० बर्षिय दिपक कुमार राई भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिकले जानकारी दिनुभयो ।
उहाँका अनुसार हिजो राती ७स्३० बजेको समयमा बारपाक सुलिकोट गाउँपालिका(२ को सनान भन्ने स्थानमा राईलाइ ट्रकले ठक्कर दिएको थियो । ठक्कर लागेर गंभिर घाईते भएका राईको उपचारको क्रममा चितवनको पुरानो मेडिकल कलेजमा ज्यान गएको हो ।
सडकको काम गर्ने राईलाइ बारपाक बजारबाट लाप्राक तर्फ जादै गरेको ना। ५ ख ९२७१ नम्बरको ट्रकले ठक्कर दिएको बारपाक प्रहरीले जनाएको छ ।
ट्रक र ट्रकका चालक गोरखा जिल्ला सहिदलखन(७ बुङकोट घर भएका ३३ बर्षिय इन्द्रबहादुर बिकलाई बारपाक प्रहरी नियन्त्रणमा लिएको छ ।