गोरखा १४, बैशाख । लडडाउनका कारण बिभिन्न क्षेत्रमा अलपत्र परेका गोरखा जिल्ला भित्रका नागरिकहरुलाई उद्धार गरी क्वारेन्टाइनमा राखिने भएको छ । त्यसरी अलपत्र परि उद्धार गरि गोरखा जिल्ला भित्रने सवैलाई अनिबार्य सामुहिक क्वारेन्टाइनमा राखिने भएको हो । जिल्ला प्रसासन कार्यालय गोरखामा आइतबार बसेको सर्वपक्षिय बैठकले जिल्ला भित्रने सवैलाई अनिबार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत हर्कबहादुर रोकाले जानकारी दिनुभयो । बैठकले बिभिन्न स्थानबाट उद्धार गरेर ल्याइएका सवैको अनिबार्य स्वास्थ्य परीक्षण समेत गर्नुपर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
‘त्यस्ता व्यक्तिहरुको सम्बन्धित स्थानीयतहरुले नै चेकजाँचको व्यवस्था मिलाउने र उद्धार अघि उनीहरुको सवै बिबरण संकलन गरेको हुनुपर्ने निर्णय पनि बैठकले गरेको छ ।’ उहाँले भन्नुभयो । डकडाउनका कारण समस्यमा परेका व्यक्तिहरुको उद्धार गर्दा त्यस्ता व्यत्तिहरु बोक्ने सवारी साधनलाई अनिबार्य डिसइन्फेक्सन गर्नुपर्ने, सवारी सिट क्षमता भन्दा बढी यात्रु राखेर ल्याउन नपाइने, यात्रु बोक्दा अनिबार्य ज्वरो नाप्ने व्यवस्था पनि मिलाउनु पर्ने बैठकले निर्णय गरेको उहाँले बताउनुभयो ।
त्यस्तै उद्धार क्रममा यात्रुहरुलाई अनिबार्य मास्क, सर्जिकल ग्लोब्सको व्यवस्था गर्नुपर्ने, सवारी हिडिसके पछि गन्तव्यमा नपुगसम्म कतै ओराल्न नपाइने निर्णय बैठकले गरेको रोक्काले बताउनुभयो । स्थानीयतहरुले उद्धार गरिएका व्यक्तिहरुलाई क्वारेटाइनमा राख्ने क्वारेन्टाइनेको नियम पालना गरे नगरेको समेत अनुगमन गर्ने सम्बन्धमा सर्वपक्षिय सहमती भएको उहाँले जानकारी दिनुभयो ।
बैठकले जिल्ला भित्र दैनिक ज्याला मजदुरी गर्ने व्यक्तिहरुलाई उपलब्ध गराउन राहात रकमको अभाव भएकाले प्रदेश सरकारसंग थप रकम माग गर्ने निर्णय पनि गरेको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलेको अध्यक्षतामा बसेको बैठकमा गोरखा जिल्लामा स्थानीयतहका प्रमुखहरु, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, पत्रकार लगायतको सहभागिता रहेको थियो ।