Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

चुनावमा जाने बेलामा मन्त्रीबाट राजीनामा दिनेबारे निर्णय गर्छु : घिसिङ


1.1K
Shares

चुनावमा जाने बेलामा मन्त्रीबाट राजीनामा दिनेबारे निर्णय गर्छु : घिसिङ

काठमाडौँ, ९ पुस । सहरी विकासमन्त्री कुलमान घिसिङले उम्मेदवारी मनोनयन दर्ता गर्ने समयसम्म राजीनामा दिने विषयमा निर्णय गर्ने बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका उहाँले मन्त्री पदबाट राजीनामा दिएर चुनावमा जाने संकेत गर्नुभएको हो ।

‘मन्त्रीको हैसियतमा आएपछि राजनीतिमा इन्ट्री भएँ,’ उहाँले भन्नुभयो, ‘मन्त्रीको हैसियतले हाम्रो जिम्मेवारीलाई बहन गर्दै अघि बढेको पनि छु । जुनबेला चुनावमा जानेछौँ, उम्मेदवारीको विषयको समय आउँछ । त्यसबेला उपयुक्त समयमा आवश्यक निर्णय गर्छौँ ।’

वर्तमान सुशीला कार्की नेतृत्वको सरकार गैरदलीय भएको तर, कुलमान दलको व्यक्ति भएको भन्दै विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

त्यस्तै उनले नयाँ दलहरू आपसमा मिलेर चुनावमा जानुपर्ने बताएका छन् । ‘चुनाव यो सरकारको मुख्य कार्यभार हो । चुनावमा जाने भनेपछि सबै नयाँ शक्तिहरू मिल्नुपर्छ भन्नेमा हामी एक छौँ ,’ उहाँले भन्नुभयो ।

उहाँले अन्य नयाँ दलहरूप्रति लक्षित गर्दै आफैँ मात्र ठिक भनेरमात्रै नहुने पनि बताउनुभयो । ‘चुनावपछिको नेतृत्व सही आउनका लागि सबैले आ आफ्नो क्षेत्रबाट जुनसुकै परिस्थितिमा पनि योगदान पुर्‍याउनुपर्छ,’ उहाँले थप भन्नुभयो, ‘जस्तोसुकै किसिमको योगदान पुर्‍याउन पछि हट्नुहुँदैन । आफैं ठिक भनेरमात्रै पनि हुँदैन । सबै एक भएर जानुपर्छ । को–को कसरी हो नयाँ शक्तिहरु सबै मिल्नुपर्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology