Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

अत्यधिक चिसोले बोदेबर्साइनका विद्यालय पाँच दिन बन्द


1.3K
Shares

अत्यधिक चिसोले बोदेबर्साइनका विद्यालय पाँच दिन बन्द

कल्याणपुर,पुस ९ गते । अत्यधिक चिसो बढेपछि सप्तरीको बोदेबर्साइन नगरपालिकाले पाँच दिनसम्म विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबारदेखि पुस १३ गतेसम्म पाँच दिनका लागि नगरभित्र रहेको सबै विद्यालय बन्द गरेको हो ।

शीतलहरका कारण बढेको अत्यधिक चिसोका कारण सामान्य जनजीवन प्रभावित भई बालबालिकाहरुलाई विद्यालय आउन जान असहज हुने भएकोले बर्तमान परिस्थितिलाई मध्यनजर गर्दै विद्यालयहरु बन्द गरिएको नगरप्रमुख आतेशसिंह यादवले बुधबार जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

सप्तरीमा विगत एक सातादेखि चिसो बढेको र दुई दिनदेखि चलेको शीतलहरले यहाँको जनजीवन प्रभावित पारेको हो ।बिहान–बेलुका हुस्सु लाग्ने र चिसो हावा चल्ने गरेका कारण बालबालिका, वृद्ध, पशु चौपायासमेत प्रभावित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology