Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखा जेसिजका अध्यक्ष गुरुङ जनकपुरमा सम्मानित


2.2K
Shares

गोरखा जेसिजका अध्यक्ष गुरुङ जनकपुरमा सम्मानित

गोरखा, ८ पुस । गोरखा जेसिज गोरखाका अध्यक्ष सुमन गुरुङ सम्मानित हुनुभएको छ । उहाँलाई नेपाल जेसिजको धनुषाको जनकपुरमा भएको ५२ औं राष्ट्रिय महाधिवेशनमा सम्मान गरिएको हो ।

अध्यक्ष गुरुङलाई नेपाल जेसिजको बिकास र संबद्र्वनमा योगदान पुर्याएको भन्दै महाधिवेशनमा सम्मानित गरिएको थियो । गुरुङलाई नेपाल जेसिज २०२५ का राष्ट्रिय अध्यक्ष रजनी थापाले खादा र सम्मानपत्र दिएर कार्यक्रममा सम्मानित गरेको हो ।

सम्मानपत्रमा ‘जेसिआई नेपाल बिकास तथा सुदृढीकरणमा तपाईले पुर्यालउनु भएको उदार योगदान, नेतृत्व र समर्पणप्रति हामी उच्च सम्मान र प्रशंसा ब्यक्त गर्दछौ’ भनिएको छ ।

यस अघि ब्यास नगरको आयोजनामा दमौलीमा भएको क्षेत्र ख सम्मेलनमा गोरखा जेसिज सम्मानित भएको थियो । २०२५–०२६ का गोरखा अध्यक्ष गुरुङको नेतृत्वमा जिल्लाको विभिन्न स्थानमा जेसिजले सामाजिक काम गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology