Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखामा मानब कंकाल फेला


1.5K
Shares

गोरखामा मानब कंकाल फेला

गोरखा, ७ पुस । गोरखामा मानब कंकाल फेला परेको छ । गोरखा नगरपालिका–५ को लसुने जंगलमा कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिकले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त कंकाल गोरखाकै बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानीका अन्दाजी ४५ बर्षका जंगबहादुर गुरुङको हो भनी पुष्टी भएको छ ।

कंकालको साथबाट उनले प्रयोग गर्ने गरेको मोबाइल समेत फेला पारेको गोरखा प्रहरीले जनाएको छ ।

सोमबार दिउसो स्थनियहरु उक्त जंगलमा दाउरा संकलन गर्न गएको बेला मानव कंकाल देखेपछी प्रहरीलाई खबर गरेको थिए ।

गुरुङ गएको साउन महिनादेखी सम्र्पक बिहीन भएका थिए । कंकाल फेला परे लगत्तै उनका आफन्तहरु समेत सम्र्पकमा आएको गोरखा प्रहरीले जानकारी दिएको छ । उक्त कंकाल अहिले गोरखा अस्पतालको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology