Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखाको मनकामना आवाशिय बहिरा बिद्यालयमा अध्ययनरत बिद्यार्थीको लडेर मृत्यु


8.4K
Shares

गोरखाको मनकामना आवाशिय बहिरा बिद्यालयमा अध्ययनरत बिद्यार्थीको लडेर मृत्यु

गोरखा, ६ पुस । गोरखा सदरमुकाममा रहेको एक आवाशिय बिद्यालयमा अध्ययनरत बिद्यार्थीको लडेर मृत्यु भएको  छ । ज्यान गुमाउने बिद्यार्थी कञ्चनपुर जिल्ला, बेलौरी नगरपालिका–८ घर भएका १५ बर्षिय आदिप राना भएको जिल्ला प्रहरी कार्यालय गोरखाले पुष्टी गरेको हो ।

रानाको आज बिहान ज्यान गएको मनकाना आवाशिय बिद्यालयका शिक्षक अनिल अंगाईले जानकारी दिनुभयो । सोही बिद्यालयमा नै बस्दै आएका उनलाई आज बिहान उपचारकोलागि गोरखा अस्पताल ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको हुन् ।

‘हिजो राती खाना खाएर कोठामा सबै साथीहरु संग टिभी हेर्दै थियो’ उहाँले भन्नुभयो ‘साथीहरुलाई छाती दुख्यो भनेर भनेछन् । हामीले तत्कालै एम्बुलेन्स मार्फत अस्पताल ल्यायौ तर उनी जिवित रहेनन् ।’

छाती दुख्यो भन्ने बित्तिकै शौचालय गएका उनले शौच गरेको र शौचायलबाट फर्कदा कोठामा लडेका थिए । एम्बुलेन्समा गोरखा अस्पताल ल्याउदा पनि रगतै छादेको पनि शिक्षक अंगाईले बताउनुभयो ।

शनिबार राती १०ः३० बजे छाती दुख्यो भनेका रानालाई गोरखा अस्पतालले ११ः३० बजे मृत घोषणा गरेको अस्पताल प्रशासनले बताएको छ ।
कक्षा ७ मा अध्ययनरत राना गत बर्ष मात्र बिद्यालयमा कक्षा ६ मा भर्ना भएका थिए । घटना लगत्तै बिद्यालयल प्रशासनले रानाको परिवारलाई यर्थाथ जानकारी गराएको र उनीहरु गोरखा आईपुगेका छन् ।

मृत्तक बिद्यार्थीको परिवारले प्रहरीमा जाहेरी दिएर शव पोष्टमार्टम पछी परिवारले वुझेर कञ्चनपुर नै लगेको पनि प्रअ अंगाईले बताउनुभयो ।

यता जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक भरतबहादुर बिकले भने घटना बारे प्रहरीले अनुसन्धान थालेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology