Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

आगलागीमा परी घाइते भएकी वृद्धाको मृत्यु


1.4K
Shares

आगलागीमा परी घाइते  भएकी वृद्धाको मृत्यु

लमजुङ, ६ पुस । लमजुङको सुन्दरबजार नगरपालिका–८, बलिथुममा आगलागीमा परी गम्भीर घाइते एक वृद्धाको मृत्यु भएको छ ।

गत मङ्सिर २४ गते साँझ खाना पकाउने क्रममा दाउराबाट अचानक आगो सल्केर पोल्दा बलिथुमकी ७८ वर्षीया पुतली दर्जी गम्भीर घाइते हुनुभएको थियो ।

आगोले वृद्धा दर्जीको घुडाँदेखि कम्मरसम्मको भाग र दुवै हातमा पोलेर गम्भीर घाइते बनाएको थियो । स्थानीय मेडिकलमा उपचारपश्चात् घरमै आराम गरिरहनुभएको उहाँलाई पुनः समस्या बल्झिएपछि उपचारका लागी शनिबार प्रदेश अस्पताल लमजुङ ल्याइएको थियो ।

आइतबार बिहान चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अभिषेक पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology