Nagarik Sawal

२०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

जेनजी आन्दोलनका क्रममा फरार गोरखाका एक जना सहित चार कैदी पुनः पक्राउ


1.9K
Shares

जेनजी आन्दोलनका क्रममा फरार गोरखाका एक जना सहित चार कैदी पुनः पक्राउ

तनहुँ, ५ पुस । भदौ २३ र २४ भएको नवयुवा समूह ९जेनजी० आन्दोलनका क्रममा जिल्ला कारागार तनहुँबाट फरार भएका चार जना कैदीरबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक श्रवणकुमार बिकका अनुसार बिहीबार र शुक्रबार गरी चार जना पक्राउ परेका हुन् ।

पर्नेमा जिल्ला गोरखा पालुङटार नगरपालिका–७ निवासी २२ वर्षीय सुमन परियार रहेका छन् । उनी भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जिल्ला कारागार तनहुँबाट फरार भएका थिए ।

व्यास नगरपालिका–३ स्थित स्थानबाट नकबजनी चोरी मुद्दामा संलग्न रही कैद भुक्तानका क्रममा फरार रहेका एक जना कैदी पक्राउ परेका हुन् । पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको विशेष टोलीले परियारलाई बिहीबार पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया पूरा पश्चात तनहुँ जिल्ला कारागार पठाइएको जानकारी बिकले दिनुभयो ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी युनिटहरूबाट विशेष प्रहरी परिचालन गरी आन्दोलनकै क्रममा फरार रहेका थप तीन जना कैदीरबन्दीलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा जबरजस्ती करणी मुद्दामा थुनामा रहेका तथा कैद भुक्तान गरिरहेका भिमाद गाउँपालिका–६ शान्तिनगर निवासी ३० वर्षीय पिताम्बर नेपाली, बन्दीपुर गाउँपालिका–१ नाहाला निवासी ६० वर्षीय बमबहादुर कुवर र आबुखैरेनी गाउँपालिका–६ पुर्लुङ निवासी ६५ वर्षीय चन्द्रबहादुर भुजेल रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कारागार कार्यालय तनहुँमा बुझाइएको छ । जेनजी आन्दोलनका क्रममा फरार रहेका अन्य कैदीरबन्दीहरूको खोजी कार्य जारी रहेको सूचना अधिकारी श्रवणकुमार बिकले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology