गोरखा, ५ पुस । शनिबार दिउसो गोरखा सदरमुकाममा कार र मोटरसाईकल दुर्घटनामा परेको छ । दुर्घटनामा मोटरसाईकल चालक चितवन भरतपुरका अशोक अधिकारी घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
गोरखा नगरपालिका–६ को बिसौनी मोडमा बसपार्कबाट हरमटारी तर्फ आउदै गरेको बा।प्र। ०१–०२८ नम्बरको कार र हरमटारीबाट बसपार्क तर्फ जादै गरेको ग।प्र।०४–००१ प १४९९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा चितवन जिल्ला भरतपुर महानगरपालिका–४ का अधिकारीलाई दाईने हातमा चोट लागेको छ भने सोही मोटरसाईकलमा सवार १ जना महिला सामान्य घाईते भएको पनि ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
दिउसो १ः३० बजे भएको उक्त दुर्घटनामा मोटरसाईकलले ओभरटेक गरेर जाने क्रममा बिपरीत दिसाबाट आएको कारलाई ठक्कर दिदा कार र मोटरसाईकल दुवैमा क्षति पुगेको छ । दुवै सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।