गोरखा १४, बैशाख । सिरानचोक गाउँपालिका गोरखाले डकडाउनका मौका छोपी दैनिक उपभोग्य सामान बिक्रि गर्ने व्यवसायीहरुले मूल्यबृद्धि गरेको गुनासो आएको भन्दै गाउँपालिकाको ध्यानाकर्षण भएको जनाएको छ । गाउँपालिकाले शनिबार एक सूचना जारी गरी संक्रमणको अबस्थामा नाजायज पाइदा लिई मूल्यबृद्धि गरी सामान बिक्रि बितरण सवैलाई आग्रह समेत गरेको छ ।
नागरिकहरुको गुनासोका आधारमा पालिकाले त्यस्ता खालका व्यवसायहरुको निगरानी समेत बढाएको सूचनामा उल्लेख गरिएको छ । त्यस्तै निगरानीका क्रममा कसैले कालोबजारी गरेको पाइए कानुन बमोजिम कारवाही गर्ने गाउँपालिका अध्यक्ष राजु गुुरुङद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
सूचनामा त्यस्त गलत कार्य कसैले पनि नगर्न नगराउन आग्रह गर्दै आगामी दिन त्यस्ता निन्दनीय कारोबार गरेको थाहा पाएमा समेत गाउँपालिका कार्यालयलाई जानकारी गराउन आग्रह गरिएको छ । त्यस्तै सवै पसलहरुमा अनिबार्य बिक्रि बितरण गर्ने सामानको मूल्यसूची राख्न समेत गाउँपालिकाले निर्देशन दिएको छ ।