गोरखा, ३ पुस ः गोरखाका एक युवक चक्कु प्रहारबाट ह”त्या भएको छ । जिल्लाको सिरानचोक गाउँपालिका–७, क्होला आरुबोट स्थायी घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका २१ वर्षीय बबिन गुरुङको चक्कु प्रहारबाट ह”त्या भएको छ । काठमाडौं बसपार्क नजिकै एक दोहोरी साँझबाट राति फर्किने क्रममा मंगलबार साँझ उहाँ धारिलो हतियार प्रयोग गरी आक्रमण भएको थियो ।
अज्ञात समूहले गुरुङमाथि मुटुमा चक्कु प्रहारसहित कुटपिट गरेका थिए गम्भीर घाइते अवस्थामा उहाँलाई तत्काल केएमसी अस्पताल लगिएको भए पनि उपचारकै क्रममा बुधबार दिउँसो १२ बजेर १० मिनेटमा मृत्यु भएको अस्पताल स्रोतले आधिकारिक रूपमा पुष्टि गरेको छ । घटनापछि प्रहरीले घटनामा संलग्न भएको आंशकाममा तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान अघि बढाइसकेको र घटनामा संलग्न अन्य व्यक्तिहरू भए/नभएको विषयमा थप छानबिन भइरहेको जनाएको छ । घटनाप्रति सिरानचोक गाउँपालिकावासी, बुद्धिजीवी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले गहिरो दुःख व्यक्त गर्दै सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई न्याय दिलाउन माग गरेका छन् । स्थानीय रोहित गुरुङका अनुसार बबिन परिवारका एक्ला छोरा थिए ।
उहाँको ह”त्याले सिंगो गाउँ नै शोकमा डुवेको गुरुङले बताउनुभयो । मृतकका आफन्तले दोषीलाई कानुनी दायरामा ल्याई कडाभन्दा कडा सजाय दिन माग गरेका छन् । यस घटनाले राजधानी क्षेत्रमा रातिको समयमा हुने आपराधिक गतिविधिप्रति पुनः प्रश्न उठाएको छ ।