गोखरा, ३ पुस । गोरखामा माछा मार्न गएको एकजना पुरुष मृत फेला परेका छन् । जिल्लाको बारपाक सुलिकोट गाउँपालिका–५ ताकुमाझ लाकुरीबोट, आरुखर्कका दलबहादुर बराम खोलामा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विकले जानकारी दिनुभयो ।
बरामको शव सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटको साठीमुरे स्थित लाङदी खोलामा फेला परेकोहो । बुधबार आज लाङदी खोलामा माछा मार्न गएका उहाँ दिउसो २ः३० बजे खोलामा नै डुबेर मृत अवस्थामा फेला परेको पनि प्रहरीको भनाई छ ।
बराम हाल सिरानचोक गाउँपालिका–७ को अर्कुलमा डेरा गरी बस्दै आउनु भएको थियो । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।