Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

विकास र सम्बृद्धिका लागि जनताको तागत आवश्यक छ l पूर्वउपराष्ट्रपति पुन


1K
Shares

विकास र सम्बृद्धिका लागि जनताको तागत आवश्यक छ l पूर्वउपराष्ट्रपति पुन

गोरखा, १ पुस । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ ले देशको विकास र सम्बृद्धिका लागि जनताको तागत आवश्यक रहेको बताउनुभएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेतासमेत रहनुभएका उहाँले आज गोरखाको गण्डकी गाउँपालिकामा आयोजित नेपाली कम्युनिष्ट पाटीको पालिकास्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्नुहुँदै देशको आमूल परिवर्तनका लागि जनताले दुई तिहाई बहुमत दिएर पठाउनुपर्ने बताउनुभयो ।

‘‘दुई तिहाई बहुमत नभएसम्म संविधान संसोधन गरेर अघि बढ्न सकिदैन्, पूर्वउपराष्ट्रपति पुनले भन्नुभयो, ‘‘जव जनताले दुई तिहाइ मत दिएर पठाउछ, तव जेनजीहरुले उठाएका माग पुरा गर्न पनि सम्भव छ ।’’ उहाँले संविधान संसोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली र पुर्ण समानुपातिक निर्वाचन प्रणालीबाट देशलाई अगाडी बढाउनुपर्ने आवश्यकता औल्याउनुभयो ।

देशको राजनीतिक स्थायित्व, विकास र सम्बृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणाली अपरीहार्य रहेकोसमेत उहाँले बताउनुभयो । ‘‘नेपालमा केही हुँदैन, युवाहरुको भविस्य छैन् भन्ने भाष्य निर्माण गर्न खोजिएको छ, उहाँले भन्नुभयो, ‘‘त्यो अन्यन्त गलत र भ्रम हो ।’’

अहिलेको प्रयासले मात्र नेपाललाई बैज्ञानिक समाजवादमा पु¥याउन नसिकने उहाँले बताउनुभयो । वामपन्थी शक्तिहरुलाई धुव्रीकरण नगरी समाजवादमा पुग्न नसकिने भएकाले टुटफुटमा रहेका कम्युनिष्ट पार्टीलाई एकताबद्ध गरेर अघि बढेको उहाँको भनाई छ । पार्टीले कमजोर आर्थिक अवस्था भएका जनताको जीवनस्तर उकास्दै लगेर समाजवादको यात्रामा अघि बढ्नुपर्नेमा उहाँले जोडदिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology