Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बामपन्थी शक्ति बिचको एकता र रुपान्तरण अहिलेको ऐतिहासिक आवश्यकता : नेता श्रेष्ठ


1.1K
Shares

बामपन्थी शक्ति बिचको एकता र रुपान्तरण अहिलेको ऐतिहासिक आवश्यकता : नेता श्रेष्ठ

गोरखा ,२६ मङ्सिर :  नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बामपन्थी शक्तिहरु बिचको एकता र रुपान्तरण अहिलेको ऐतिहासिक आवश्यकता रहेको बताउनु भएको छ । गोरखा सदरमुकाममा आज आयोजित नेपाली कम्युनिष्ट पार्टीको जिल्ला स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्नुहुँदै उहाँले क्रान्तिकारी उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर बापमन्थीहरु बिच पार्टी एकता गरिएको  बताउनुभयो ।

‘‘अब बामपन्थी शक्तिलाई एउटै केन्द्रमा पु¥याउनुपर्ने आवश्यकता झन् प्रष्ट बन्दै गएको छ, नेता श्रेष्ठले भन्नुभयो, ‘‘अहिले भइरहेका एकता सन्देश सभाहरु केवल कार्यक्रम मात्र नभई सङ्कल्पको सभासमेत हुनुपर्छ ।’’ नेपाली बामपन्थी आन्दोलन ऐतिहासिक मोडमा रहेको र विभाजित धाराहरु एउटै लक्ष्यसहित अगाडी बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “तत्कालिन माओवादी केन्द्रसहित बिभिन्न कम्युनिष्ट पार्टीहरु विच अहिले भइरहेको एकता कुनै चुनाव जित्ने उद्देश्यका लागि मात्र होइन, निश्चित राजनीतिक परिवर्तन हासिल गर्ने दीर्घकालीन लक्ष्यका साथ गरिएको हो ।”

पूर्वउपप्रधानमन्त्रीसमेत रहनु भएका नेता श्रेष्ठले नेपाली राजनीतिक प्रक्रियाले संविधान निर्माणसम्मको ऐतिहासिक यात्रा पूरा गरे पनि त्यसबाट नेपाली जनताले जीवनस्तरमा अनुभूति पाउने गरी परिणाम दिन नसकेको स्विकार गर्नुभयो ।“नेपालमा ठूलो राजनीतिक परिवर्तनसंगै हामीले केही पनि नगरेको पनि होइन, थुप्रै कामहरु पनि भएका छन्, तर गुणात्मक फड्को मार्न सकेनौँ, नेता श्रेष्ठले भन्नुभयो, “सुशासन, समृद्धि र सामाजिक न्यायतर्फ अघि बढ्ने प्रयासमा बारम्बार अवरोध सिर्जना भयो, जसको परिणाम जेनजी विद्रोह पनि हो ।”

उहाँले कमजोर सुशासन, राजनीतिक दलभित्रको विकृति–विचलन र अविश्वासका कारण आमजनतामा निराशा बढेको भन्दै आत्मआलोचना गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । “देशलाई अगाडि बढाउन सुशासन र राजनीतिक शुद्धीकरण अपरिहार्य छ,” उहाँले भन्नुभयो।
नेता श्रेष्ठले नेपालको पछिल्लो राजनीतिक परिस्थिति मुख्यत् आन्तरिक कारणबाट नै भए पनि त्यो अन्तराष्ट्रिय भूराजनीतिक प्रभावसँग पनि जोडिएको बताउनुभयो । संविधान र लोकतन्त्रको सुरक्षाका लागि तोकिएकै मितिमा निर्वाचन गरिनु पर्ने उहाँको जोड छ ।

“केही दलहरुले अदालतमा पुगेर संसद पुनःस्थापनको माग पनि गरिरहेका छन्, संसद पुनःस्थापना दीर्घकालीन समाधान होइन,” नेता श्रेष्ठले भन्नुभयो, “अदालतले पुनःस्थापना गरे पनि त्यो केवल सीमित समय, नयाँ सरकार र संविधान संशोधन जस्ता कार्यका लागि मात्र हुनुपर्छ ।”

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology