Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की


847
Shares

मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार : प्रधानमन्त्री कार्की

 

काठमाडौँ,२४ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको सबैभन्दा ठुलो चुनौती भ्रष्टाचार नै रहेको बाउनुभएको छ । बुधबार ७७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।

ूभ्रष्टाचार आर्थिक अनियमितता मात्रै होइनस यो विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर मानव अधिकार उल्लङ्घन हो। जब कुनै आयोजना भ्रष्टाचारले ग्रस्त हुन्छ, बिरामी नागरिक उपचार पाउने अधिकारबाट वञ्चित हुन्छन्स विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छ,ू प्रधानमन्त्री कार्कीले भन्नुभयो ।

यसैले सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्ने वचनबद्धतासमेत प्रधानमन्त्री कार्कीले व्यक्त गर्नुभयो । ूलोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन हो। नागरिकले भय, प्रलोभन वा दबाबबिना आफ्नो प्रतिनिधि छान्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व हो। २०८२ फागुन २१ को निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छू, उहाँले भन्नुभयो ।

यसैगरी, प्रधानमन्त्री कार्कीले २१ औँ शताब्दीमा मानव अधिकारको दायरा अत्यन्त फराकिलो भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology