Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

काग्रेस नेता भण्डारीद्वारा आँबुखैरेनी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान


2.6K
Shares

काग्रेस नेता भण्डारीद्वारा आँबुखैरेनी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

आँबुखैरेनी १३, बैंशाख । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले आँबुखैरेनी गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ । विश्वव्यापी महामारीको रुपमा फैंलिरहेको कोरोना भाइरसको रोकथाम तथा न्यूनिकरणको लागि तरुण दल विभाग प्रमुख समेत रहनुभएका भण्डारीले एक कार्यक्रमकाबीच गाउँपालिकालाई आज -शनिबार- स्वास्थ्य सामाग्री अन्तर्गत स्यानीटाईजर, पिपिई र मास्क हस्तान्तरण गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्याय, इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धि सुवेदी लगाएतको उपस्थितीमा सो स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । यस्तै, आज नै नेपाली कांग्रेस जिल्ला कार्य समिती तनहुँले गाउँपालिकाको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।

समितीका सचिव विश्व बास्तोलाले सो कोषमा जम्मा गर्ने गरी नगद ३० हजार रुपैंया हस्तान्तरण गरेको हो । यो सहयोग रकम सँगैं आँबुखैरेनी गाउँपालिकाको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा ३१ लाख ५० हजार २ सय ८६ रुपैंया संकलन भएको गाउँपालिकाका सूचना प्रविधी अधिकृत निरज श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology