Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

गोरखाका कान्छी मायाँको हत्या गर्नेले नै गरेका थिए लमजुङकी कँडेलको हत्या


2K
Shares

गोरखाका कान्छी मायाँको हत्या गर्नेले नै गरेका थिए लमजुङकी कँडेलको हत्या

गोरखा, २१ मंसिर । लमजुङमा गएको २०८१ साल चैत्र ३१ गते पूर्वप्रहरी हवल्दार सीता धिताल कडँेलको बिभत्स हत्या हुन्छ । हत्या कसले र किन गरेभन्ने कुरा प्रहरीले भेउ पाउनु पूर्व नै हत्यारा फरार हुन सफल हुन्छ ।

प्रहरीले लामो अनुसन्धान पछी मात्रै हत्या किटान गर्न सफल हुन्छ र पक्राउ पनि पर्छन । प्रहरीले हालै पुर्वप्रहरी हवल्दारको हत्या आरोपमा चितवन जिल्ला साविक बछौली गाउँ बिकास समिति हाल रत्ननगर नगरपालिका–६ का ४७ बर्षिय बुद्विराम दराई ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले हालै रुपन्देही जिल्लाको सिद्वार्थ नगरपालिका–१ को बेलहियाँबाट पक्राउ गरेको हो । प्रहरीको रेकर्डमा दराईले बिसं २०६७ सालमा गोरखाकी चिनीमायाँ पाण्डेको हत्या अभियोगमा गोरखा जिल्ला अदालतले दोषी ठहरगरी २०६८ साल असार २० गते सर्वस्वसहित जन्म कैदको फैसला गरेका ब्यक्ती भएको पुष्टी हुन आएको छ ।

बिहेको लागि चिनीमायाँको छोरी माग्न आएका उनले विवाद गरे सोही दिन चिनी मायाँको घाँटी थिचेर हत्या गरेका थिए । कैद भुक्तानका कैममा मकवानपुरको भिमफेदी कारागार पुगेका दराई सोही कारागारमा सुरक्षाकर्मीको रुपमा रहेका कडँेलसंग चिनजान हुन्छ र प्रेम सम्बन्ध बढ्दै जान्छ ।

कारागारबाट छुटे लगत्तै वेसीशहर नगरपालिका–२ बस्ने कडँेर संगै बस्न आएका दराईले उनको पनि हत्या गरेर भाग्न सफल भएको लमजुङ प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका दराई बिरुद्व अनुसन्धान जारी रहेको पनि लमजुङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology