Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

कारले पैदल यात्रीलाई ठक्कर दिँदा दुई घाइते


777
Shares

कारले पैदल यात्रीलाई ठक्कर दिँदा दुई घाइते

तनहुँ, १९ मङ्सिर। तनहुँको बन्दीपुर गाउँपालिका(१, स्याउलीस्थित पृथ्वीराजमार्गमा आज बिहान दमौलीबाट डुम्रे जाँदै गरेको बा।प्र।०१(०२७ च। ७४६४ नम्बरको कारले नियन्त्रण गुमाई पैदल यात्रीलाई ठक्कर दिएको छ । घटना लगत्तै कार तथा चालकलाई डुम्रे प्रहरी चौकीले नियन्त्रणमा लिएको छ। दुर्घटनास्थल प्रहरी चौकीबाट करिब दुई किलोमिटर पश्चिमतर्फ पर्छ ।

दुर्घटनामा म्याग्दी, धौलागिरि गाउँपालिका–७ की ३८ वर्षीया लीला जौशी र बेनी नगरपालिका–२ की वर्ष ३८ की लीला सुवेदी घाइते हुनु भएको छ । प्रारम्भिक उपचारका लागि दुबैलाई लक्ष्मी सिटी अस्पताल, डुम्रे लगिएको थियो भने पछि थप उपचारका लागि गण्डकी अस्पताल, पोखरा रिफर गरिएको थियो ।

अहिलेसम्म दुवै मेट्रोसिटी अस्पताल, पोखरामा इमेर्जेन्सी वार्डमा उपचाररत छन् र अवस्था सुधारोन्मुख रहेको आफन्तहरूले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी श्रवणकुमार विकका अनुसार प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology