गोरखा, १८ मंसिर । बुढीगण्डकी बहुउद्देश्यीय आयोजना सम्बन्धी दीर्घकालीन समस्या समाधानका लागि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालसग गोरखा र धादिङका पुर्व सासद तथा बुढीगण्डकी सरोकार समितिका प्रतिनिधिहरु बिच छलफल भएको छ ।
पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईको नेतृत्वमा बुढीगण्डकि जलासययुक्त आयोजना निर्माणको कामलाई अगाडी बढाउन दवाव दिने उदेश्यले उच्चस्तरीय छलफल भएको हो । गोरखा र धादिङका पूर्व सांसदहरू तथा बुढीगण्डकी सरोकार समितिका प्रतिनिधिहरू सहभागी रहेको संयुक्त प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै आयोजनाका अवरुद्ध संरचनागत, कानुनी र वित्तीय प्रक्रियाबारे ध्यानाकर्षण गराएका छ्न।
भेटवार्तामा पुर्वप्रधानमन्त्री डा। भट्टराई, गोरखा क्षेत्र नम्बर १ का निवर्तमान सासद राजेन्द्र बजगाई, गोरखाका प्रतिनिधि सभाका सासद चीनकाजी श्रेष्ठ, धादिङका सासद राजेन्द्र पाण्डेलगायतका विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकार समिति सदस्यहरू सहभागी थिए। भेटमा प्रधानमन्त्री कार्कीले बुढीगण्डकी कम्पनीको कोष कम्पनीकै नाममा फिर्ता गरिने विषयमा स्पष्ट आश्वासन दिँदै अब त्यसको प्रक्रियागत काम तत्काल सुरु हुने बताउनुभयो ।
प्रधानमन्त्री कार्कीले बुढीगण्डकी आयोजना आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै यो आयोजना राष्ट्रिय गौरवको आयोजना मात्र होइन, नेपालका ऊर्जा भविष्यको मेरुदण्ड उल्लेख गर्नुभयो ।
आयोजना निर्माण नेपाली स्रोत–साधन र जनताको लगानीबाटै गरिने बिषयमा समेत सहभागीहरु बिच छलफल भएको छलफलमा सहभागी पुर्व सासद राजेन्द्र बजगाइले जानकारी दिनुभयो ।
छलफलमा अर्थमन्त्री रमेश्वर खनालले सरकार बुढीगण्डकी परियोजना अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभयो। भेटका क्रममा सरोकार समितिले रोक्का जमिन, छुट मुआब्जा, अनुत्तरित विकास–निर्माणका कार्य, पुनःस्थापना, प्रभावित परिवारका सामाजिक–आर्थिक अधिकार, स्थानीय पूर्वाधार विकास लगायतका विषयहरू उठाएको थियो। प्रधानमन्त्रीले यी सबै मुद्दाहरूको दीर्घकालीन र स्थायी समाधान गर्ने सरकारको प्रतिबद्धत रहेको प्रधानमन्त्री कार्कीले दोहोर्याउनुभयो।
प्रतिनिधिमण्डलका सदस्यहरूका अनुसार आजको भेटले बुढीगण्डकी आयोजनाप्रति सरकारको स्पष्ट दृष्टिकोण उजागर गरेको छ र वर्षौँदेखि रोकिँदै आएको प्रक्रियालाई अब प्रभावकारी रूपमा अगाडि बढाउने वातावरण बन्न थालेको छ।
सरकारको प्रत्यक्ष प्रतिबद्धता र स्थानीय तहको सक्रियतासँगै बुढीगण्डकी आयोजना नयाँ चरणतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।