Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा जिल्ला स्तरीय अन्तर बिद्यालय यु–१४ फुटबल प्रतियोगिता २०८२ हुने


693
Shares

गोरखामा जिल्ला स्तरीय अन्तर बिद्यालय यु–१४ फुटबल प्रतियोगिता २०८२ हुने

 

 

गोरखा, १७ मंसिर । समय नभएपछी ८ बिद्यालयलाई लिएर गोरखा जिल्ला स्तरीय अन्तर बिद्यालय यु–१४ फुटबल प्रतियोगिता २०८२ को आयोजना हुने भएको छ ।

गोरखा फुटबल संघ एन्फा गोरखाको आयोजना यही मंसिर २१ गतेदेखी २६ गतेसम्म जिल्ला स्तरीय अन्तर बिद्यालय फुटबल प्रतियोगिता हुन लागेको हो ।

एन्फाको क्यालेन्डर अनुसार मंसिर मसान्तसम्म पनि जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गर्न नसके पौष १ गतेबाट हुने प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुन नपाउने भएपछी थोरै बिद्यालयलाई लिएर पनि प्रतियोगिता गर्न लागेको एन्फा गोरखाका अध्यक्ष बिशाल गुरुङले जानकारी दिनुभयो ।

गोरखा नगरपालिका–६ को खेलकुद मैदानमा हुन लागेको उक्त प्रतियोगितामा हालसम्म छात्रा तर्फ गोरखा सदरमुकाममा रहेको लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मी बजार, ओल्ड क्यापिटल माध्यामिक बिद्यालय रानिबन, शक्त्ती माध्यामिक बिद्यालय पाटेचौर र जेनियस बोर्डिङ स्कुल नयाँ बजार सहभागी हुने निश्चित भएको अध्यक्ष गुरुङले बताउनुभयो ।

त्यस्तैगरी छात्र तर्फ सन्त जोसेफ स्कुल दशकिलो, लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मी बजार, सरस्वती माध्यामिक बिद्यालय आहाले, ओल्ड क्यापिटल माध्यामिक बिद्यालय रानिबन, शक्त्ती माध्यामिक बिद्यालय पाटेचौर, महेन्द्र ज्योति माध्यामिक बिद्यालय दरर्बार मार्ग, जेनियस बोर्डिङ स्कुल नयाँ बजार र राष्ट्रिय माध्यामिक बिद्यालय घलाङको सहभागिता रहने आयोजक एन्फा गोरखाले जानकारी दिएको छ ।

एन्फाको बार्षिक क्यालेन्डर अनुसार स्वर्गिय खेलाडीहरु अनुपम घलान, आदित्य बलपान्छी, विकल रेग्मी, दिवस थापा, प्रियान्स आर्चाय र साईमन योन्जनको स्मृतिमा जिल्ला फुटबल संघ गोरखाले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा बिजेता तथा उपबिजेता हुने छात्र टिमले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपबिजेताले नगद १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

त्यस्तैगरी, छात्रा तर्फ बिजेता र उपबिजेताले क्रमश। १५ र ७ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । एन्फा गोरखाका प्रतियोगितामा बिजेता छात्र र छात्रा समूहले प्रदेशमा हुने प्रतियोगितामा सिधै सहभागिता जनाउन पाउछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology