Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

१० बर्षसम्म अलपत्र पारेको बारपाक सडकको ठेक्का तोडियो


868
Shares

१० बर्षसम्म अलपत्र पारेको बारपाक सडकको ठेक्का तोडियो

 

गोरखा, १६ मंसिर । बिनाशकारी भूकम्पपछी ठेक्का लगाएको बारपाक सडक १० बर्षसम्म पनि अलपत्र पारेपछी तोडिएको छ । लोहनी एण्ड ब्रर्दशले पाएको उक्ख खण्डको ठेक्का हालैको शुसिला कार्की सरकार आएपछी तोडिएको हो ।

२०७२ साल असार २१ गते साविक ११ किलो–छेवेटार–भालुस्वाँरा–बारपाक सडक आयोजना हाल सडक योजना कार्यालय गोरखाले ०७४ असार १५ गते सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।

काम नगरी पटक पटक म्याद थप्दै आएको लोहनी एण्ड ब्रर्दशको उक्त ठेक्का ०८२ मंसिर १२ गतेदेखी लागुहुने गरी तोडेको जनाएको हो ।

सम्झौता अनुसार काम नगरेपछी सूचना जारी गर्दा पनि सम्र्पकमा नआएपछी कार्यालयले ठेक्का सम्झौता तोडेको जनाएको छ ।

जम्मा ८ किलो मिटर कालोपत्रे गर्ने ठेक्का पाएको उक्त कम्पनीले सम्झौता अनुसार काम नगरे पनि कार्यालयबाट भने ८० प्रतिशत भूक्तानी बुझीसकेको छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology