Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा गएको ५ महिनामा ४४५ जनामा डेंगी र स्क्रब टाईफस संक्रमण, (कुन पालिकामा कति संक्रमण )


1.6K
Shares

गोरखामा गएको ५ महिनामा ४४५ जनामा डेंगी र स्क्रब टाईफस संक्रमण, (कुन पालिकामा कति संक्रमण )

गोरखा, १३ मंसिर । गोरखामा गएको ५ महिनामा डेंगी र स्क्रब टाईफसका ४४५ जना संक्रमित फेला परेको छ । संक्रमित मध्य सबैभन्दा धेरै स्क्रब टाईफसका बिरामीहरु धेरै फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाका ल्याब टेक्निसियन निरिक्षक नारायणबावु अर्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्क्रब टाईफसका मात्रै ३१८ जना संक्रमित फेला परेको छ । ‘गएको बर्ष जिल्लामा डेंगीका धेरै बिरामी थिए’ उहाँले भन्नुभयो ‘यस पटक ठिक उल्टो स्क्रब टाईफसका बिरामीहरु फेला परेका छन् ।’

सरकारी प्रक्षेपणले पनि यो बर्ष डेंगीको संक्रमण धेरै देखिने भनेकोमा जिल्लामा ठिक उल्टो स्क्रब टाईफसका बिरामीहरु फेला परेको अर्यालले बताउनुभयो ।

आर्थिक बर्षको साढे ४ महिनामा नै स्क्रब टाईफसका बिरामी धेरै देखिएकाले आउदो साढे ७ महिनामा यो संख्या अझै बढ्ने अनुमान छ ।

सोही अवधिमा जिल्ला भित्र १२७ जनामा डेंगी संक्रमण देखिएको छ । यो आर्थिक बर्षको साउनदेखी आजसम्म सबैभन्दा धेरै भिमसेन थापा गाउँपालिकामा धेरै संक्रमित फेला परेको छ । जहाँ ३१ जना डेंगी र १३५ जनामा स्क्रब टाईफसका बिरामी देखिएका छन् ।

दोस्रो स्थानमा गोरखा नगरपालिकामा देखिएको छ । जहाँ ३७ जनामा डेंगी र ११५ जनामा स्क्रब टाईफस देखिएको छ ।

त्यस्तैगरी, आरुघाट गाउँपालिकामा ३० जनामा डेंगी र २० जनामा स्क्रब टाईफस, पालुङटार नगरपालिकामा ११ जनामा डेंगी र ३१ जनामा स्क्रब टाईफस, शहिद लखन गाउँपालिकामा १० जनामा डेंगी र १५ जनामा स्क्रब टाईफस र अजिरकोट गाउँपालिकामा ८ जनामा डेंगी र २ जनामा स्क्रब टाईफस देखिएको ल्याब टेक्निसियन निरिक्षक अर्यालले बताउनुभयो ।

कार्यालयले दिएको जानकारी अनुसार गएको आर्थिक बर्षमा गोरखाका विभिन्न पालिकामा १ हजार ४२४ जनामा डेंगी र ६०४ जनामा स्क्रब टाईफस देखिएको थियो ।

गर्मी महिना लागेसंगै देखिने त्यस्ता संक्रमण ०८३ साल असार मसान्तसम्म बढ्ने प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology